अमेरिकाको कोलोराडोमा योमरी पुन्ही मनाइयो (फोटो फिचरसहित)
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आईतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाएका छन् ।
कोलोराडो नेवाः खलःले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई योमरी संकलन गर्ने तरिका सीकाउदै, नेवारी गीत संगीतमा नृत्य तथा यथासक्य दान गर्दै कार्यक्रममा उपस्थित सबैलाई योमरी बितरण गरी हर्षोउल्लास साथ उनीहरुले योमरी पुन्ही मनाएका हुन् ।
कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजिवी, कालाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।
सहकाल तथा सम्पन्नताका देवता कुवेर र गणेशको पुजागरी सुरुगरीएको कार्यक्रमा आयोजक संस्था नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित...









