३ आश्विन २०८३, शनिबार

कोलोराडो विशेष/अमेरिका

मातृभूमिमा आई परेको विपत्तिमा सबै एकजुट भइ सक्दो सहयोग गरौं: महामन्त्री घिमिरे

मातृभूमिमा आई परेको विपत्तिमा सबै एकजुट भइ सक्दो सहयोग गरौं: महामन्त्री घिमिरे

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली काँग्रेसका महामन्त्री गरुराज घिमीरेले मातृभूमिमा अकस्मात आईपरेको ठुलो विपत्तिको घाउमा मलम लगाउन सबैलाई यथासक्य सहयोगको लागी अनुरोध गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिका, कोलोराडो च्याप्टरको आयोजनामा बुधबार, अगस्ट २६, मा कोलोराडोको ब्रोमफिल्डस्थित भाइब्स इन्डियन रेस्टुरेन्टमा आयोजित ‘समसामयिक संवाद कार्यक्रम’ मा उनले यस्तो अनुरोध गरेका हुन् । कार्यक्रममा कोलोराडोस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली कांग्रेसका शुभेच्छुकहरूको सहभागिता रहेको थियो ⁠। कार्यक्रमको सुरुआत बाढी, पहिरो कारण ज्यान गुमाएका महानुभावहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै गरिएको थियो। मातृभूमिमा उत्पन्न दुःखद् परिस्थितिप्रति सहभागीहरूबाट गहिरो दुःख व्यक्त गर्दै शोक सन्तव्द परिवारप्रति हार्दिक समवेदना, घाइतेहरूको सिघ्र स्वास्थ्यलाभ तथा हराइ रहेका...
कोलोराडो निवासी सम्झना अर्यालको माइतीघरको सम्झना बोकेको तीज गीत सार्वजनिक

कोलोराडो निवासी सम्झना अर्यालको माइतीघरको सम्झना बोकेको तीज गीत सार्वजनिक

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा मौलिक नेपाली संस्कृति, माइतीघरको सम्झना र परदेशी जीवनका पीडालाई समेटिएको नयाँ तीज गीत ‘तिज आउँदा माइत गइन्थ्यो, नचाउँदै पाइलो’ सार्वजनिक भएको छ। धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकामा जन्मिएकी तथा हाल अमेरिकाको कोलोराडोस्थित फोर्ट कोलिन्समा बस्दै आएकी सम्झना अर्यालले लेखेको यस गीतमा परदेशमा रहेका नेपाली नारीहरूले चाडपर्वका बेला माइतीघर, बाबुआमा, बाल्यकाल र विगतका रमाइला दिनहरू सम्झँदाको भावनालाई प्रस्तुत गरिएको छ। परदेशमा चाडपर्व आए पनि कामबाट सहजै बिदा नपाउने, कमाएको आम्दानी घरको मोर्गेज तथा दैनिक खर्चमै सकिने र जन्मभूमि तथा माइतीघरबाट टाढा रहनुपर्ने अवस्थालाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ। गीतले विदेशमा रहेर पनि आफ्नो मौलिक रीतिरिवाज, संस्कार र संस्कृति नबिर्सन तथा साथीभाइ र आफन्तसँग मिलेर ...
अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको अध्यक्षमा डा. आनन्द पौडेल चयन

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको अध्यक्षमा डा. आनन्द पौडेल चयन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्स (ASNEngr)को अध्यक्षमा डा. आनन्द पौडेल चयन भएका छन् । संस्थाको भर्चुअल माध्यमबाट भएको भेलाले २०२६–२०२८ कार्यकालका लागि डा.नेतृत्वमा ३७ सदस्यीय बोर्ड गठन गरेको हो । यसरी गठन गरिएको ३७ सदस्यीय नयाँ बोर्डले अमेरिकामा रहेका नेपाली इन्जिनियर तथा प्राविधिक पेशाकर्मीबीच व्यावसायिक सहकार्य, ज्ञान आदानप्रदान, अनुसन्धान तथा प्राविधिक विकासलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताइएको छ । डा. पौडेल नेतृत्वमा गठीत बोर्डमा शिक्षा, प्रविधि, अनुसन्धान, इन्जिनियरिङ तथा उद्योगका विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका नेपाली मूलका पेशाकर्मीहरू समेटिएका छन् । गठीत कार्यसमितिको उपाध्यक्षमा रञ्जन पोखरेल, महासचिवमा प्रतिभा फुयाँल, संयुक्त सचिवमा अमित न्यौपाने, कोषाध्यक्षमा उत्सव पोखरेल र सूचना सचिवमा रोशन भट्टराई रहेका छन्। त्यसैगर...
नेपालका लाखौँ सन्तान विदेशमा छन्, तर किन उनीहरूलाई ‘पराइ’ ठानिन्छ ?

नेपालका लाखौँ सन्तान विदेशमा छन्, तर किन उनीहरूलाई ‘पराइ’ ठानिन्छ ?

-आर सि पन्त (महासचिव, गैरआवासिय नेपाली संघ अमेरिका) - म सन् २००६ मा नेपालको (६२/६३) को राजनीतिक उथलपुथल वा जनआन्दोलन पछि अमेरिका आएँ । म नेपाल छोड्ने पहिलो व्यक्ति थिइनँ, र निश्चित रूपमा अन्तिम पनि हुने छैन । म भन्दा अगाडि हजारौँ नेपालीले शिक्षा, सुरक्षा, अवसर र राम्रो भविष्यको खोजीमा देश छोडेका थिए । म पछि पनि हजारौँ त्यसरी नै जानेछन् । हामी नेपाल छोड्दा केवल सपना बोकेर आउँदैनौँ, हामीसँग एउटा यस्तो कुरा पनि हुन्छ, जुन देखिँदैन, भन्न सकिदैन, आफू जन्मिएको देशको पहिचान । तर राम्रो अवसर र राम्रो जीवन बनाउने यात्रामा हिँड्दै गर्दा आज कहिलेकाहीँ म आफ्नै भविष्यबारे सोच्न थालेको छु । म नेपाली भएर जन्मिएँ । यो मेरो रोजाइ थिएन । यो मेरो सुरुवात थियो । तर यदि मैले अर्को देशको नागरिकता लिएँ, आफ्नो जीवनको अधिकांश समय अर्को देशमा बिताएँ र त्यही समाज निर्माणमा दशकौँ योगदान गरेँ भने के म एक दिन आफ्नै ज...
कोलोराडोस्थित नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सव सम्पन्न

कोलोराडोस्थित नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सव सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव कार्यक्रम बिधी पूर्वक सम्पन्न भएको छ । शनिवार पुर्वाङका कार्यक्रम गरी शुरू गरिएको प्राणप्रतिष्ठा कार्यक्रम सोमबार रूद्राविषेक, हवन तथा आरती पश्चात सम्पन्न भएको हो । कार्यक्रमको मुख्यदाता कृष्ण काफ्ले कर्ता भइ सम्पन्न गरिएको प्राणप्रतिष्ठा गुरू जिवन बराल, आचार्य पं गोपिकृष्ण र पंण्डित गोविन्द कट्टेलले संयूक्तरूपमा बिधी पुर्वक सम्पन्न गराएका हुन् । प्राण प्रतिष्ठा पश्चात शिव परिवारको नामाकरण समेत गरिएको छ । जसमा अवदेखि चिदानन्द शिव परिवार शिवालय भनिने जनाकारी गराइएको छ । प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान भजन–कीर्तनसहित विशेष धार्...
कोलोराडोका दिदीबहिनीहरूले साँस्कृतिक कार्यक्रमसंगै सामुहिकरुपमा खाए तिजको दर

कोलोराडोका दिदीबहिनीहरूले साँस्कृतिक कार्यक्रमसंगै सामुहिकरुपमा खाए तिजको दर

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । महिला दिदीबहिनीहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्दै सामुहिक तिजको दर खाएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन कोलोराडो सिष्टर्स ग्रुप दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा उपस्थित भइ शुभकामना आदान प्रदान गर्दै सामुहिक दर खाएका हुन् । कोलोराडो वेष्टमिनिष्टर सिटी स्थित Ultra Lounge मा शनिबार सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, अभियान्ता, गन्यमान्य, समाजसेवी, ब्यवसायी संचारकर्मि तथा नेपालीभाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । प्रवासमा हाम्रो...
नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सव आयोजना हुँदै

नेपाली घरमा शिवालय स्थापना तथा प्राणप्रतिष्ठा महोत्सव आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शिवालय स्थापना गरी भगवान शिवसहित शिव परिवारका दिव्य मूर्तिहरूको प्राणप्रतिष्ठा महोत्सव आयोजना गरिने भएको छ । नेपाली घरमा स्थापना हुन लागेको पवित्र शिवालयमा शिव, माता पार्वती, कार्तिकेय र श्रीगणेशका मूर्तिहरू स्थापना गरि एक भब्य समारोह बिच प्राण प्रतिष्ठा गर्न लागिएको हो । यही अगस्ट १६ तारिक आइतबारका दिन बिहान ९ बजेदेखी आयोजना हुने प्राणप्रतिष्ठा समारोहमा गुरु तथा पुरोहितहरूद्वारा शास्त्रीय एवं वैदिक विधिअनुसार पूजापाठ, जप–तप, हवन तथा धार्मिक अनुष्ठान गरि बाजागाजा, भजन–कीर्तनसहित विशेष धार्मिक वातावरणमा मूर्तिहरूको प्राणप्रतिष्ठा गरिने नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले बताएका छन् । शिवालयमा नेपालको पवित्र कालीगण्डकी नदीको शिलाबाट निर्मित शिव परिवार, शिवलिङ्ग तथा बसाहको मूर्ति स्थापना गरिने भएको छ ।...
कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (अमेरीका, कोलोराडो) । कोलोराडोमा रहेका नेपालीभाषीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसंगै आइतबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा नर्थग्लेन स्थित रमणीय पार्कमा आइतबार दिउसो ३ बजे देखी ८ बजेसम्म आयोजित पीकनिक कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन बाल बालिकाहरका लागी कोक फेन्टा स्प्राइड खेल, सहभागी सबैकालागी कुइच, बिंगो, राफल चिट्टा लगाएतका बिभिन्न खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध...
बीडीए कोलोराडोद्वारा चौथो रक्तदान कार्यक्रम आयोजना गरिंदै

बीडीए कोलोराडोद्वारा चौथो रक्तदान कार्यक्रम आयोजना गरिंदै

-नातिबाबु भट्ट (कोलोराडो) । ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडोले यस वर्षको चौथो रक्तदान कार्यक्रम आगामी अगस्ट ३०, आइतबार आयोजना गर्ने भएको छ। ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडो च्याप्टरको आयोजना तथा नेपाली घर (Nepali Ghar) र कोलोराडो फाइनान्सियल प्रोफेशनल्स (Colorado Financial Professionals) सँगको संयुक्त सहकार्यमा, Vitalant को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुनेछ । नेपाली संस्कृतिक केन्द्र नेपाली घर (4001 W 76th Ave, Westminster, CO 80030) मा आगामी अगस्ट ३० तारिक आइतवारका दिन बिहान ९ बजे देखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने र ब्लड ड्राइभ कोड: BDACO रहेको बताइएको छ । कार्यक्रमलाई सफल बनाउन कोलोराडो फाइनान्सियल प्रोफेशनल्सका तर्फबाट श्रीराम लुइटेल मार्फत समन्वय भइरहेको बीडीए कोलोराडोका अध्यक्ष नवराज मरासेनीले बताएका छन् । यस अभियानलाइ सफलताका साथ सम्पन्न पार्न कोलोराडो फाइनान्स...
कोलोराडोमा २१३ औँ भानु जयन्ती तथा विशेष सम्मान कार्यक्रम सम्पन्न

कोलोराडोमा २१३ औँ भानु जयन्ती तथा विशेष सम्मान कार्यक्रम सम्पन्न

-नातिबाब भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोमा २१३ औँ भानु जयन्तीको अवशरमा विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा यही जुलाई २५ तारिकका दिन २१३ औँ भानु जयन्ती विशेष साहित्यिक कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ सम्पन्न भएको हो । नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम समारोहमा उपस्थित महानुभावहरूबाट आदीकवी भानुभक्तको तश्विरमा फुलगुच्छा अर्पण गर्दै सुरू गरिएको थियो । अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीको अध्यक्षता तथा समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रिय समितीको वरिष्ठ उपाध्यक्ष तारा अधिकारीले स्वागत मन्तब्य मार्फत कार्यक्रममा उपस्थितहरूलाइ स्वागत गरेकी थिइन् । यसैगरी कार्यक्रममा अनेसास ट्रस्टि डा. विजयराज शर्माबाट भान...