१८ कार्तिक २०८१, आईतवार

दक्षिण अमेरिकी विश्वकप छनौट खेलमा अर्जेन्टिना कोलम्बियासँग पराजीत

कोलोराडोखबर संवाददाता , September 11th, 2024

अमेरिका । दक्षिण अमेरिका छनोट खेलमा कोलम्बियाले अर्जेन्टिनालाई हराएको छ ।

विश्वकप फुटबल छनोट खेल अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो ।

खेलको २५ औँ मिनेटमा कोलम्बियाले येरसन मोस्क्वेराको गोल पछि कोलम्बिया १–० को अग्रतामा अघि बढ्यो । तर ४८ औँ मिनेटमा अर्जेन्टिनाले अग्रतालाई बराबरी बनायो ।

खेलले ६० औँ मिनेटमा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे ।

मङ्गलवारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हरायो । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्