८ असार २०८३, सोमबार

फिफा विश्वकपमा इक्वडेर र कुरासाओले गोलरहित बराबरी खेले

कोलोराडोखबर संवाददाता , June 22nd, 2026

नेपाल । फिफा विश्वकपमा इक्वडेर र कुरासाओले गोलरहित बराबरी खेलेका छन् ।

कानसास सिटी स्टेडियममा दुवै टिमले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै पनि निर्णायक हुन सकेनन् ।

यो नतिजापछि दुवै टिम समूह ई मा एक एक अंकमा रहे र अन्तिम दुई स्थानमा रहे। यो नतिजाले उनीहरूको नकआउट चरण प्रवेशको सम्भावना जीवन्त रहे पनि स्थिति भने कठिन बनेको छ। यो समूहबाट जर्मनी यसअघि नै नकआउट चरण पुगिसकेको छ ।

जर्मनीको दुई खेलबाट छ अंक छ। आइभरीकोस्ट दुई खेलबाट तीन अंकमा दोस्रो स्थानमा छ। विश्वकपमा डेब्यु गरिरहेको कुरासाओ भने पहिलो अंक बटुल्न भने सफल रह्यो।

प्रतिक्रिया दिनुहोस्