८ असार २०८३, सोमबार

रास्वपाको प्रथम अधिवेशन आइतबारदेखि चितवनमा जारी

कोलोराडोखबर संवाददाता , June 22nd, 2026

नेपाल । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ ।

चार वर्षअघि मात्र स्थापना भएको रास्वपा अहिले संसद्मा १८२ सङ्ख्यासाथ सरकारको नेतृत्व गरिरहेको छ । छोटो अवधिमै पाएको सफलतासँगै रास्वपाले पहिलो पटक पार्टीको साङ्गठनिक संरचना र विचारलाई औपचारिक अधिवेशनमार्फत अनुमोदन गर्दैछ ।

यो अधिवेशनमार्फत रास्वपाले राजनीतिक परिवर्तन र नागरिकको चाहनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ । त्यसैले यो अधिवेशनलाई ऐतिहासिक मानिएको छ  ।

अधिवेशनमा देशभरबाट ४ हजार प्रतिनिधि सहभागी छन् । अधिवेशन असार ९ गते समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्