३ असार २०८३, बुधबार

अख्तियारद्वारा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

कोलोराडोखबर संवाददाता , June 17th, 2026

नेपाल । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

राहदानी छपाइ अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको आयोगका एक अधिकृतले जानकारी दिए ।

गत २०८१ मंसिरमा पाँच वर्षका लागि ६४ हजार थान ई–पासपोर्ट खरिद गर्न राहदानी विभागले डेढ महिनाको समयसीमा तोकेर टेण्डर निकालेको थियो ।

नेपालमा पहिलेदेखि नै राहदानी आपूर्ति गर्दै आइरहेको आइडिमियालाई अनुकुल हुने गरी शर्त राखिएको भन्दै विरोध भएको थियो ।

प्रतिस्पर्धालाई सीमित गरेर टेण्डर निकालिएको भन्दै विभिन्न कम्पनीले अख्तियार, सार्वजनिक खरिद अनुगमनको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राज्यव्यवस्था तथा सुशासन समितिमा समेत उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्