३१ भाद्र २०८१, सोमबार

सिंगारियो जनकपुर, शुरु भयो विवाहपञ्चमीको रमझम 

कोलोराडोखबर संवाददाता , December 13th, 2023
नेपाल । यही पुस १ गतेका दिन परेको विवाह पञ्चमीको रमझम शुरु भएको छ । विशेष गरी जनकपुरस्थित रामजानकी मन्दिरमा विवाह पञ्चमी धुमधामका साथ मनाइन्छ ।
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव मंगलवारदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ ।
यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री किनमेल गरिएको छ ।
महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्