१८ कार्तिक २०८१, आईतवार

बिरामी परे गृहमन्त्री, गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार हुँदै

कोलोराडोखबर संवाददाता , December 6th, 2023

नेपाल । नेकपा (माओवादी केन्द्र) का नेता, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेका छन् ।

उनी मंगलबार साँझ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएको थियो । मंगलबार साँझ केही असहज महशुस गरेपछि उनी थप उपचारको लागि अस्पताल पुगेका हुन् ।

आंशिक अवरोध रहेको भागमा डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले बिज्ञप्ति प्रकाशित गरेर जानकारी गराएको छ ।

गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमका अनुसार हाल उनको उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्