३ आश्विन २०८१, बिहीबार

माघमा एकीकृत समाजवादीले महाधिवेशन गर्न नसक्ने, अब २०८१ जेठमा हुने

कोलोराडोखबर संवाददाता , December 6th, 2023

नेपाल । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४–१८ गतेसम्म महाधिवेशन गर्न नसक्ने भएको छ । अब २०८१ जेठ ३–७ गतेसम्म महाधिवेशन गर्ने पार्टी सचिवालयको बैठकले निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन काठमाडौंमा हुनेछ । दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।

माघमा भने राष्ट्रिय सम्मेलन हुने, राष्ट्रिय सम्मेलनअघि मंसिर २८–२९ सचिवालय, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाउने सचिवालयको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्