३१ भाद्र २०८१, सोमबार

कसैले हल्ला चलाउँदैमा मध्यावधि हुन सक्दैनः एकीकृत समाजवादी

कोलोराडोखबर संवाददाता , December 5th, 2023

नेपाल । मध्यावधि चुनावको चर्चा शुरु हुन थालेपछि नेकपा (एकीकृत समाजवादी) ले सरकारलाई अस्थिर बनाउनका लागि र पार्टीगत राजनीतिक लाभका लागि मध्यावधि निर्वाचनको हल्ला चलाइएको प्रतिक्रिया जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै सम्पन्न पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा मध्यावधि निर्वाचनमा जानुपर्ने भन्दै प्रतिवेदन पेस गरेका थिए ।

एकीकृत समाजवादी उक्त कुराबारे प्रतिक्रियाँ दिँदै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीगत राजनीतिका लागि मध्यावधि निर्वाचनको कुरा निकालिएको बताए ।

यता सोमबारदेखि जारी एकीकृत समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । पार्टी महाधिवेशनका लागि पूर्वनिर्धारित मिति (माघ १४–१८) मा गर्नका लागि देशको अवस्था र तयारीको कारण प्रभावित हुन सक्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्