२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्रीमा नियुक्त भएपछि पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गए ओली

कोलोराडोखबर संवाददाता , July 15th, 2024

नेपाल । प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको उनकै निवास पुगेका छन् ।

आइतबार राति उनी भंगालस्थित भण्डारी निवासमा पुगेका हुन् । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ओली पूर्व राष्ट्रपतिसँग भेटघाटका लागि पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक समीकरणको बारेमा छलफल भएकोसमेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्