नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको हो ।
आइतबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको छ
।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्