२६ माघ २०८२, सोमबार

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहिया पक्राउ घटनाको चौतर्फी आलोचना

कोलोराडोखबर संवाददाता , May 22nd, 2024

नेपाल । मंगलबार साँझ कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न मंगलबार बिहान प्रहरीलाई अनुमति दिएको थियो ।

यता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई कार्यालयबाट गरिएको गिरफ्तारीलाई सरकारको नवअधिनायकवादको संज्ञा दिएका छन् । प्रहरीले पक्राउ गरेर गाडीमा हाल्नुअघि उनले छोटो संवोधन गर्दै सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखे ।

आफूले अनुसन्धानलाई सघाउँछु भन्दाभन्दै सरकारले अधिनायकवादी चरित्र देखाएको उनले बताए । आफ्नो गिरफ्तारीलाई उनले प्रेस स्वतन्त्रतामाथिको कुठाराघातको संज्ञा पनि दिए ।

उनको गिरफ्तारीलाई सत्तारुढ दलका शीर्ष नेतृत्व र नागरिक समाजले वर्तमान सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम चालेको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्