नेपाल । शुक्रबार बिहानै दुःखद् खबर आएको छ । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो ।
घाइते ५२ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्