-लालगोपाल सुवेदी-
आहा ! हाम्रो अनेसास ! राम्रो अनेसास !
साहित्यमै फेरिरहौं जस्तो लाग्ने सास
हाम्रो मुटु , हाम्रो प्राण भाषा नै हो खास
लौ है बाबु ! पुस्तौं पुस्ता भाषा जोगाइराख
साहित्यमा चलाऔं हामी मगमग वास
संस्कार र संस्कृतिमै बढ्छ हाम्रो साख
हाम्रो मन , हाम्रो पन कवितामा राखौं
उपन्यास कथा पढौं ,नवै रस चाखौं
आफ्नै भाषा संस्कृतिमै सम्पत्ति छ लाख
लौ है नानी संस्कारमा अपनत्व चाख !!
-केन्द्रीय वरिष्ठ उपाध्यक्ष, अनेसास

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्