नेपाल । रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सोमबार शुरु हुन सकेन, शुरु नै नभई मंगलबारका लागि सर्यो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबारमात्रै बन्द सत्र गर्ने गरी सोमबारको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो । बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदैछ ।
उहाँका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।
कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि छलफल पनि हुनेछ । सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ ।
विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्