२१ बैशाख २०८१, शुक्रबार

इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्री अर्यालको चासो

कोलोराडोखबर संवाददाता , April 15th, 2024

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गर्नुभएको छ ।

आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गर्नुभएको हो ।

श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिनु भएको हो । राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताउनु भएको छ ।

साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको बताउनु भएको छ । इजरायल चार हजार नेपाली छन् ।

प्रतिक्रिया दिनुहोस्