१ फाल्गुन २०८१, बिहीबार

दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाइन्ट ६ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , April 13th, 2024

नेपाल । भारतमा जारी आइपीएल क्रिकेटमा शुक्रबारको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई ६ विकेटले पराजीत गरेको छ ।

लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

प्रतियोगितामा शनिबार राजस्थान रोयल्यस र पञ्जाव किङ्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्