नेपाल । सुनचाँदीको मूल्यमा एकै दिन उच्च वृद्धि भएको छ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १३ हजार तीन सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोलामा दुई लाख ७५ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य एक्कासि बढेर दुई लाख ८८ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । अन्तर्राष्ट्रिय बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतिऔँस दुई सयले बढेर चार हजार १४३ अमेरिकी डलर पुगेको छ ।
यसैबिच बिहीबार चाँदीको मूल्य तोलामा २५६ रुपियाँले बढेर तीन हजार ९२० रुपियाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार चाँदीको मूल्य बढेर प्रतिऔँस ५२ अमेरिकी डलर पुगेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्