नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका सन्दर्भमा मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि राम जन्मभूमि अयोध्यासम्म सञ्चालन हुने भनिएको रेलका लागि बिहीबार परीक्षण गरिएको छ ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म डब्लुडिपी ४ डी ४०४०३ नम्बरको इन्जिनसहित १७ वटा बोगी भएको भारतीय रेलबाट ट्र्याकसहित प्राविधिक पक्षको परीक्षण गरिएको हो ।
हाजीपुरका एरिस्टल जेनरल म्यानेजर अमरेन्द्र कुमारको नेतृत्वमा आएको ६७ जना भारतीय प्राविधिकसहितको टोलीले रेलको परीक्षण गरी रेलवे ट्र्याकसहित बाटोको अवस्था, निर्धारण गर्नुपर्ने रेलको गतिबारे जानकारी लिएको प्रबन्ध सञ्चालक पराजुलीले बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्