२० कार्तिक २०८३, शुक्रबार

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको भेट

कोलोराडोखबर संवाददाता , November 6th, 2026

नेपाल । रास्वपाका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आउनुभएको थियो ।

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबिचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिनुभयो। साथै, उहाँले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गर्नुभयो।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिश्रीबिच नेपाल र भारतबिचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो। उहाँहरूले दुई मुलुकबिचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गर्नुभएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्