काठमाडौं । भारतमा जारी आईपीएल क्रिकेटमा बिहीबारको खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ७ विकेटले हराएको छ ।
आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दहलाव ३ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
शुक्रबार लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्