नेपाल । भारतमा जारी आईपीएल क्रिकेटमा बुधबारको खेलमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हराएको हो ।
राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो।
जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनाएको थियो ।
प्रतियोगितामा बिहीबार मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्