नेपाल । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी)ले अन्तिम १४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी र अभिनाश बोहरा परेका छन् ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।
प्रतिक्रिया दिनुहोस्