३ फाल्गुन २०८१, शनिबार

इलाम-२ को उपचुनाव रोमाञ्चक हुने, रास्वपाले लिम्बुलाई उठाउने

कोलोराडोखबर संवाददाता , March 29th, 2024

नेपाल । बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनाव रोमाञ्चक हुने भएको छ ।

यसअघि नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने घोाणा गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । लिम्बू पत्रकार पृष्ठभूमिका व्यक्ति हुन् ।

पूर्व सभामुख सुवास नेम्वाङको मृत्यु भएपछि उक्त क्षेत्रमा उपचुनाव हुन लागेको हो । एमालले अघि सारेका सुहाङ सुवासका पुत्र हुन् ।

प्रतिक्रिया दिनुहोस्