२० कार्तिक २०८३, शुक्रबार

दुई श्रष्टालाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान

कोलोराडोखबर संवाददाता , November 6th, 2026

नेपाल । यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङग्रह ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले कवि विमल गुरुङको ५५ औँ जन्मजयन्ती तथा ३५ औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा दुवै कृतिका सर्जकलाई दुई लाख ९एक–एक लाख० रुपियाँ नगद र ताम्रपत्र प्रदान गरेको हो । उहाँहरूलाई धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले ताम्रपत्र प्रदान गर्नुभएको थियो ।

स्वदेश तथा विदेशका लेखक, कवि तथा साहित्यकारले नेपाली भाषामा लेखेका ५२ कृति प्राप्त भएका थिए । तीमध्येबाट उत्कृष्ट ठहरिएका दुई कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।

महोत्सवका अवसरमा सुनसरीकी पत्रकार सङ्गीता राईलाई युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरिएको छ । साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याएबापत उहाँलाई नगद १० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यसैगरी, ३५ औँ राष्ट्रिय कविता महोत्सवअन्तर्गत उत्कृष्ट १० कवितामध्येबाट सुनसरीकी कवि सविता फागोको कविता “भुइँमान्छेका सपना”, प्रथम, सिन्धुपाल्चोकका कवि सुन्दर शिरीषको “चेतावनीको अन्तिम हरफ” द्धितीय, सिन्धुलीका निरुपम श्रेष्ठको “एउटा इच्छापत्र” तृतीय र ताप्लेजुङका लेकाली कान्छाको “घामको जन्म” शीर्षकको कविता तृतीय भयो ।

प्रथम, द्वितीय र तृतीय स्थानका लागि व्रmमशः २१ हजार, १८ हजार र १७ हजार रुपियाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ठ कवि बम देवान, मनु मञ्जिल, प्राडा तुलसी गौतमलगायतले मन्तव्य राख्नुभएको थियो । महोत्सवको अवसर पारेर वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले सम्पादन तथा संयोजन गर्नुभएको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ कविता सङ्ग्रहसमेत लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्