-आरसी रिजाल-
मेरो घरबाट देखिन्छ जामुनोको रुख। उहिलेको कुरा हुन् — यसमा फललाग्दा म रुखमा चढेर हाँगा भाँच्दै तल झार्थेँ। मेरा सन्तान रमाएर टिप्दै खान्थे।
सन्तान हुर्के अनि कामको सिलसिलामा सहर पसे। परिस्थितिले म बूढो गाउमै बसेँ। दुईबर्ष भयो रुखले पाउला फेर्न नसकेको।आजकल त्यो रुखले मेरो बिगत सम्झाउदै छ — गर्मी याममा हामीहरु यसैको छहारिमा बसेर गफिन्थ्यौँ। फललाग्दा चराचुरुङ्गीको चिरबिर सुनेर मुग्द हुन्थ्यौँ। अहिले न फल दिनसक्छ न सितल।
यता मेरो शरीरले पनि धर्म छाड्दै गयो। म रुखजस्तै जिर्ण भएको छु — न कसैलाई केही दिनसक्छु,न मेरो नगिच कोहि आउँछ। एकपटक जामुनोको रुखलाई अंगालोमा बेरेर धितमर्नेगरी रुन चाहान्छु।तर मलाई त्यहाँसम्म पुर्याइदिने कस्ले ? न रुखलाई पनि मेरो जस्तै चाहना पो छ कि ???
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्