३१ भाद्र २०८१, सोमबार

शालीन पोखरेलले झुण्डिएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्ट !

कोलोराडोखबर संवाददाता , March 4th, 2024

नेपाल । चितवनस्थित विद्यालयको होस्टलमा मृत भेटिएकी शालीन पोखरेलको पोष्टमार्टम रिपार्ट बलात्कार नभएको देखिएको छ । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ ।

पोख्रेलको शवको पोष्टमार्टम महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा गत बुधबार गरिएको थियो ।

गत फागुन १२ गते शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतनको होस्टलमा बस्ने गोरखाकी १४ वर्षीया शालीन पोख्रेलको मृत्यु भएको थियो ।

बालिका होस्टलको कोठामा रहेको सिलिङको पङ्खामा पलास्टिकको डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले अनुसन्धानका लागि उक्त विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।

परिवारले बलात्कारपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएका छन् ।

शालीनको हत्या कि आत्महत्या ?, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि आमसर्वसाधारणको चासो

प्रतिक्रिया दिनुहोस्