१९ कार्तिक २०८१, सोमबार

शालीनको हत्या कि आत्महत्या ?, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि आमसर्वसाधारणको चासो

कोलोराडोखबर संवाददाता , March 3rd, 2024

कोलोराडो । नेपालको चितवन रत्ननगरस्थित एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन चौतर्फी चासो व्यक्त भएको छ ।

फागुन १२ गते झुण्डिएको अवस्थामा बालिका शालीनको शव फेला परेको थियो । परिवारले बलात्कार पछि हत्या गरेको आरोपमा किटानी जाहेरी दिएका छन् । सोही आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनलाई पक्राउ गरेको छ ।

चितवन प्रहरीले घटनालाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।

निश्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, चितवनका सांसस रवि लामिछाने, हरि ढकालसहित राजनीतिक दलका शीर्ष नेतृत्वले पनि पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी राख्न नहुँने प्रतिक्रिया जनाएका छन् ।

पीडित परिवारले आफ्नी छोरीलाई सो विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल र वार्डेनले बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएका छन् । प्रहरीले फेला पारेको सुसाइट नोटमाथि पनि गम्भीर ढंगले अनुसन्धान भइरहेको जनाएको छ । पोष्टमार्टम रिपोर्ट आजभोलिनै आउने र त्यसबाट केही कुरा खुल्न सक्ने उल्लेख गरेको छ ।

आम सर्वसाधारणले समेत उक्त घटनाका दोषीको पहिचान गरी कडा कारवाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सामाजिक सञ्जालमार्फत आ–आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

शालीनका बाबुआमाको भने १० वर्ष अघि नै सम्बन्धबिच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्