२२ मंसिर २०८१, शनिबार

सरस्वतीको मूर्ति सेलाउन लैजाँदा झडप भएपछि रौटहटमा कर्फ्यू आदेश जारी

कोलोराडोखबर संवाददाता , February 18th, 2024

नेपाल (रौतहट) । सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध भएपछि रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी गरिएको छ ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो ।

दोहरो झडपमा कैयौँ मानिसलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

शनिबार साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

घिउरा गाउँका स्थानीय शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्