२ फाल्गुन २०८२, शनिबार

नेकपा (एस) सँग पार्टी एकता गर्नेकुरा मान्य नहुने जनार्दन शर्मा चेतावनी

कोलोराडोखबर संवाददाता , November 2nd, 2025

नेपाल । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा (एस) सँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिएका छन्।

शनिवार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा उनले सो कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिएका छन् ।

पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई ओझेलमा पार्ने गरी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एससँग पार्टी एकता गर्ने कुरालाई अघि बढाएको र त्यसले पार्टीलाई कुनै पनि हालतमा हित नगर्ने उनको जिकिर थियो ।

नेता शर्माले अध्यक्ष दाहालले नेकपा एससँग माओ विचारलाई परित्याग हुनेगरी जनताको बहुदलीय जनवादको आधारभुत कुराहरुमा अघि बढ्ने सहमतिसहित अघि बढेकाले त्यसमा आफूहरू सहमत हुन नसक्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्