नेपाल (हेटौंडा) । मकवानपुर प्रदेशसभा २ क का सांसद तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको पहलमा भीमफेदी गाउँपालिका ८ ईपास्थित लापोपलका शाररिक अशक्त दिदीभाईलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
स्थानीय दुर्खा बहादुर थिङका २० वर्षीय छोरी सुनिता थिङ र १७ वर्षीय छोरा सुरेन्द्र थिङलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नायब सुब्बा अस्विन कुमार अर्याल र सहदेव आचार्यले घरमै पुगेर नागरिकता प्रदान गरेको भीमफेदी ३ नम्बर वडा अध्यक्ष प्रितिलाल लामाले बताए ।
थिङ दिदीभाइलाई बस्न र खाना खानको लागि समेत समेत अरुको सहारा चाहिने र हिँडडुल गर्न नसक्ने स्थानीय अमृत बलले बताए । आर्थिक अवस्था कमजोर रहेका दुर्खा बहादुरले छोरा छोरीको नागरिकता बनेपछि खुशी ब्यक्त गरे । ‘आर्थिक नहुँदा लालनपालनमा समस्या छ, नागरिकता बनेपछि भने अपाङ्ग भक्ता पाउने आशा गरेको छु’, उनले भने, ‘सरकारबाट अलिअलि पैसा पायो भने भने मलाई धेरै सजिलो हुनेथियो ।’
प्रतिक्रिया दिनुहोस्