१३ बैशाख २०८२, शनिबार

गिरिजाप्रसादको १५ औँ स्मृति दिवसः देशमा सुशासन नरहेको शेखरद्वारा स्वीकार

कोलोराडोखबर संवाददाता , March 21st, 2025

नेपाल । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए ।

उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए ।

सांसद कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको भएको बताए । नेपाल अप्ठ्यारोमा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्