नेपाल । राजतन्त्र पुनर्स्थापनालाई प्रमुख एजेन्डा बनाएर राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा भएको छ ।
सोमबार काठमाडौंमा विभिन्न राजावादी समूहहरूको भेलाले सुवेदीको संयोजकत्वमा जनआन्दोलन गर्ने निर्णय गरेको हो ।
उनीहरूले विभिन्न पाँच एजेन्डा राखेका छन् । जसमा राजतन्त्रको पुनर्स्थापना, हिन्दु राज्य, संघीयता खारेजी र भ्रष्टाचार न्यूनीकरण रहेका छन् । उनीहरूले दलहरू र राजसंस्थावादीबच नवीन समझदारी हुनुपर्ने बताएका छन्
सुवेदी संयोजक रहेको समितिमा दुर्गा प्रसाईंदेखि राप्रपाका नेता र हिन्दुवादी अभियन्तासमेत छन् ।
समितिमा कुल ११ जना राखिएको छ । वर्णानुक्रम अनुसार समिति सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङदेन र हरिबहादुर बस्नेत रहेका छन् ।
समितिमा पाँच जना सल्लाहकार छन् । प्रमुख सल्लाहकार जगमान गुरूङ, बुद्धिराज बज्राचार्य, शास्त्र तत्त्व पन्थ, राजेश अहिराज र खेमराज सेढाइ छन् ।
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायतको आह्वानमा भव्य स्वागत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्