१ फाल्गुन २०८१, बिहीबार

कोशीको सरकारलाई समर्थन कायमै राखेर प्रतिपक्षी बेन्चमा एमाले

कोलोराडोखबर संवाददाता , November 6th, 2023

२० कात्तिक, काठमाडौं। कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले संसदमा प्रतिपक्षी बेन्च रोजे पनि सरकारलाई दिँदैआएको समर्थन भने कायमै राख्ने भएको छ । सोमबार बसेको एमाले कोसी प्रदेश संसदीय दलको बैठक यस्तो निर्णय गरेको हो ।

‘आजैका मितिदेखि हामी प्रतिपक्षी बेन्चमा बस्यौं । ठूलो दलको हैसियतमा प्रमुख प्रतिपक्षी भयौं’ एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस्