नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलका सांसदले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
सोमबार अपराह्न दोस्रो पटक सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । उनीहरूले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्तिमा प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।
उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जनाएका छन् । विपक्षी दलले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्।
प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्