२८ बैशाख २०८१, शुक्रबार

विज्ञान/प्रविधि

एनसेलको शेयर बिक्रीमा के भएको हो ?, छानबीन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको शेयर बिक्रीमा के भएको हो ?, छानबीन गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीबारे गम्भीर चासो राख्दै छानबीनका लागि निर्देशन दिएका छन् । यसप्रकरणमा प्रचलित कानूनी प्रावधानको पालना भए नभएको अध्ययन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यता सोमबारनै सिंहदबारमा सम्पादकहरूसँग कुरा गर्दै एनसेलको शेयर बिक्रीबारे सरकारले टीम नै बनाएर अध्ययन गरिरहेको बताएका थिए । सरकारको सहमतिबिना एनसेल किनबेच हुन नसक्ने उनको भनाई थियो । एनसेलको ठूलो लगानीकर्ता मलेसियन कम्पनी आजिआटाले एक बेलायती कम्पनीलाई शेयर बेचेपछि यसको चर्चा चुलिएको छ ।...
लगानी सम्मेलनको पूर्व सन्ध्यामा आएको अशुभ समाचार

लगानी सम्मेलनको पूर्व सन्ध्यामा आएको अशुभ समाचार

नेपाल । दूरसञ्चार सेवा प्रदायक एनसेलको ठूलो लगानीकर्ता अजियाटा ग्रुप नेपालले बाहिरिने निर्णय गरेको छ । आगामी बैशाखमा नेपाल सरकारले विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा भएको लगानी पनि बाहिरिने अशुभ समाचार सार्वजनिक भएको हो । व्यवसायिक चुनौतीहरु बढ्दै गएको भन्दै कम्पनीले नेपालबाट बाहिरिने निर्णयमा पुगेको उल्लेख गरेको छ ।...
नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।...
टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा  भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो । नेपालमै बनेको यस एपलाई  नेपाली प्रयोगकर्त...
‘टिकटक’ बन्द गर्ने नेपाल सरकारको निर्णय, के हो कारण ?

‘टिकटक’ बन्द गर्ने नेपाल सरकारको निर्णय, के हो कारण ?

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । “हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । “टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालि...
पहिलो तीन महिनामा टेलिकमको आम्दानी ३९ करोड घट्यो

पहिलो तीन महिनामा टेलिकमको आम्दानी ३९ करोड घट्यो

काठमाडौँ । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ । उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ । कम्पनीको कूल सञ्चालन आय पनि रू ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रू आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रू नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रू ४९ करोड २५ लाख २१ हजार (अर्थात्...
नेपालीको डिजिटल मार्केटिङ कम्पनी अष्ट्रेलियामा उत्कृष्ट

नेपालीको डिजिटल मार्केटिङ कम्पनी अष्ट्रेलियामा उत्कृष्ट

काठमाडौं । नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिंङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ । अष्ट्रेलिया बस्ने नेपाली मूलका यूवाले संचालनमा ल्याएको डिजिटल मार्केटिंङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ को सिड्नीको स्थानीय व्यवसायलाई दिईने सम्मानका लागी उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुईट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरू मध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो । डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाईनिङ, वेब डेभलोपमेन्ट, सर्च ईन्जिन अप्टिमाईजेसन, ब्राण्डिङ साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि संचालनमा आएको डिजिटल कम्पनीले अष्ट्रेलियामा बिजनेस, माईग्रेसन, अष्ट्रेलियाको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाईन मिडिया संचालन गरिरहेको छ । ‘डिजिटल एल्गो...
एनसेलद्वारा बम्पर पुरस्कार हस्तान्तरण

एनसेलद्वारा बम्पर पुरस्कार हस्तान्तरण

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङ्लाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका छन् भने एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी हुन् । त्यसैगरी सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी थिईन् ।...
इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली किन भए बञ्चित ?

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली किन भए बञ्चित ?

एजेन्सीहरु । मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट बञ्चित भएका छन् । उक्त रहस्यमय गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरू केही समयका लागि रोकियो । सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ । यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन । “हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्”, कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट...
जिमेलमा आयो यस्तो नयाँ अपडेड

जिमेलमा आयो यस्तो नयाँ अपडेड

– एजेन्सीहरुबाट । गुगलले हरेक जिमेल प्रयोगकर्तालाई १५ गिगाबाइटको निःशुल्क स्टोरेजको सुविधा प्रदान गर्दछ । जसको उपयोग प्रयोगकर्ताहरुले आफ्नो गुगल फोटोज, इमेल तथा गुगल ड्राइभका लागि गर्न सक्दछन् । कतिपय प्रयोगकर्तालाई त यत्ति नै स्टोरेज पर्याप्त हुन्छ । तर अधिकतम जिमेल प्रयोगकर्ताहरुको भने स्टोरेज भरिएर समस्या हुन थाल्छ । जिमेलको स्टोरेज कम भएपछि प्रयोगकर्तासँग दुईवटा विकल्प हुन्छन् । पहिलो, स्टोरेज खरिद गर्नु र दोस्रो चाहिं पुराना इमेलहरु डिलिट गर्नु । पहिलो तरिकामा पैसा खर्च गर्नुपर्दछ तर दोस्रो तरिका निस्शुल्क हुन्छ । जिमेलमा सबै इमेलहरुलाई एकै पटकमा डिलिट गर्न अहिलेसम्म सम्भव थिएन । तर अब भने सबै इमेललाई एकैपटकमा डिलिट गराएर इनबक्स खाली गराउन सकिने भएको छ । तपाईंले अब एक क्लिकमै जिमेलका सबै इमेल डिलिट गर्न सक्नुहुनेछ । कसरी गर्ने त ? सबैभन्दा पहिले आफ्नो फोन वा ल्याबटपको वे...