३ चैत्र २०८२, मंगलवार

खेलकुद

आईपीएलमा राजस्थान रोयल्सद्वारा पञ्जाब किङ्स पराजित

आईपीएलमा राजस्थान रोयल्सद्वारा पञ्जाब किङ्स पराजित

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा शनिबार सम्पन्न खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजीत गरेको छ । एक सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो । ...
दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाइन्ट ६ विकेटले पराजीत

दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाइन्ट ६ विकेटले पराजीत

नेपाल । भारतमा जारी आइपीएल क्रिकेटमा शुक्रबारको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई ६ विकेटले पराजीत गरेको छ । लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो । प्रतियोगितामा शनिबार राजस्थान रोयल्यस र पञ्जाव किङ्स भिड्ने छन् ।...
आईपीएलमा मुम्बई इंडियन्सद्वारा रोयल च्यालेन्जर्स बैंग्लोर पराजीत

आईपीएलमा मुम्बई इंडियन्सद्वारा रोयल च्यालेन्जर्स बैंग्लोर पराजीत

काठमाडौं । भारतमा जारी आईपीएल क्रिकेटमा बिहीबारको खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ७ विकेटले हराएको छ । आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दहलाव ३ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । शुक्रबार लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।...
आईपीएलमा गुजरात टाईटन्सद्वारा राजस्थान रोयल्स पराजीत

आईपीएलमा गुजरात टाईटन्सद्वारा राजस्थान रोयल्स पराजीत

नेपाल । भारतमा जारी आईपीएल क्रिकेटमा बुधबारको खेलमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो। जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनाएको थियो । प्रतियोगितामा बिहीबार मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुनेछ ।...
प्रिमियर कपको लागि १४ सदस्यीय नेपाली टोली घोषणा

प्रिमियर कपको लागि १४ सदस्यीय नेपाली टोली घोषणा

नेपाल । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले अन्तिम १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी र अभिनाश बोहरा परेका छन् । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।...
सनराइज हैदराबादद्वारा पञ्जाब किङ्ग्स २ रनले पराजीत

सनराइज हैदराबादद्वारा पञ्जाब किङ्ग्स २ रनले पराजीत

नेपाल । भारतमा जारी आईपीएलमा मंगलबारको खेलमा सनराइज हैदराबादले पञ्जाब किंग्सलाई २ रनले जितेको छ । १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । पाँच–पाँच खेल खेलेका हैदराबाद र पञ्जाब पाँचौं र छैटौं स्थानमा छन् ।...
चेन्नाइ सुपर किंग्सद्वारा कोलकाता नाइट राइडर्स पराजीत

चेन्नाइ सुपर किंग्सद्वारा कोलकाता नाइट राइडर्स पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सोमबारको खेलमा चेन्नाइ सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । १३८ रनको लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नाइको घरेलु मैदानमा चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । चेन्नाइ ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । लखनउ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । खेलमा १० टोली सहभागी छन् । आईपीएलमा मंगलबारपञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।...
आईपीएलमा मुम्बई इण्डियन्स र लखनउ सुपरजाइन्ट विजयी

आईपीएलमा मुम्बई इण्डियन्स र लखनउ सुपरजाइन्ट विजयी

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबारको खेलमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जित निकालेको छ । गुजरात टाइटन्स लखनउ सुपरजाइन्टसँग पराजित भएको छ । पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । यस्तै अर्को खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ । लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर...
नेपालले जित्यो एसएमएस फ्रेन्डसिप कप क्रिकेटको उपाधि

नेपालले जित्यो एसएमएस फ्रेन्डसिप कप क्रिकेटको उपाधि

नेपाल । नेपालले भारतमा आयोजित एसएमएस फ्रेन्डसीप कप क्रिकेटको उपाधि जितेको छ । नेपालले आइतबार भएको फाइनलमा गुजरातलाई १८ रनले पराजित गरेको हो । एक सय ७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५८ रन मात्र जोड्न सक्यो। नेपालका अविनाश बोहराले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । प्रतियोगितामा नेपाल तथा भारतको बारोडा र गुजरात टोली सहभागी थिए । नेपाल अब एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ ।...
आईपीएलमा राजस्थान रोयल्सद्वारा रोयल च्यालेन्जर्स बेंग्लोर पराजीत

आईपीएलमा राजस्थान रोयल्सद्वारा रोयल च्यालेन्जर्स बेंग्लोर पराजीत

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शनिबार सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजीत गरेको छ। राजस्थानले ६ विकेटको जित हात पारेको हो । रोयल च्यालेन्जर्स बेंग्लोरले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टाएको हो । हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंग्लोरले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । जितपछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको रोयल च्यालेन्जर्स बेंग्लोर आठौं स्थानमा छ । आईपिएलमा आइतबार दुई खेल हुँदै छन् । पौने ३ बजे मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका पौने ८ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमने–सामने हुने छन् ।...