नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत भएको छ ।
दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो ।
यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।...
नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबारको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ।
हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । मुम्बईको जीतमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले ।
टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
प्रतियोगितामा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।...
नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजीत गरेको छ ।
लखनउलाई हराउँदै कोलकाता अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।
कोलकाताले प्रस्तुत गरेको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो ।
जितपछि कोलकाताले ११ खेलबाट १६ अंक हात पारेको छ । नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो । लखनउ १२ अंकसहित पाँचौँ स्थानमा छ।...
नेपाल । पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ ।
वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
तर सिरिज भने वेस्ट इन्डिज ‘ए’ ले ३–२ ले जितेको छ । पहिलो खेल जितेको नेपालले श्रृंखलाको अन्तिम खेल पनि जितेको छ ।
वेस्ट इन्डिज ‘ए’ ले भने दोस्रो, तेस्रो र चौथो खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो ।
...
लण्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल बराबर खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको हो ।
नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ ।
अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा क्लबको आफ्नै इबीबी स्टेडियममा हुने उक्त मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरि ३० जनाको टोली अहिले बेलायतमा छ ।
नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।...
नेपाल । नेपाली क्रिकेट टिम टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार अमेरिका प्रस्थान गर्दैछ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टिम त्यसतर्फ जाने भएको हो । नेपाली टिम आइतबार बिहान २ः३० बजे र दिउँसो गरी दुई चरणमा जाने अमेरिका जानेछ ।
उक्त नेपाली टिमको शुक्रबार एक समारोहकाबीच बिदाइ गरिएको थियो ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस छन् ।
क्रिकेट एशोसियशन अफ नेपाल (क्यान) का अनु...
नेपाल । भारतमा जारी आईपीएलमा शनिबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गरेको थियो ।
गएरातिको जितसँगै बैंग्लोरको ८ अंक भएको छ । बैंग्लोरले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंग्लोर अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ ।
...
नेपाल । भारतमा जारी आईपीएलमा शुक्रबारको खेलमा मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ ।
१७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८.५ ओभरमा १४५ रनमा अल आउट भएको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो ।
नेपाल । वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी ५ खेलको टी-२० शृंखला अन्तरगत बिहीबार सम्पन्न चौथो खेल २८ रनले जितको छ ।
पहिलो खेल हारेको वेस्ट इन्डिज एले त्यसपछि लगातार तीन खेल जितेर अन्तिम खेल बाँकी रहँदै शृंखला जित्ने पक्का गरेको हो । वेस्ट इन्डिज एले चौथो खेलमा २१० रनको विशाल लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन जोडेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।
शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।...
नेपाल । भारतमा जारी आईपीएलमा बिहीबारको खेलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको जीत निकालेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो ।
जित पछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ ।
आईपीएलमा आज मुम्बई इंडियन्स र कोलकता नाईट राइडर्स भिड्ने छन् ।...