१९ कार्तिक २०८१, सोमबार

आईपीएलमा मुम्बई इण्डियन्स र लखनउ सुपरजाइन्ट विजयी

कोलोराडोखबर संवाददाता , April 8th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबारको खेलमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जित निकालेको छ । गुजरात टाइटन्स लखनउ सुपरजाइन्टसँग पराजित भएको छ ।

पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

यस्तै अर्को खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ ।

लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो ।

टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।

आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्