९ असार २०८३, मंगलवार

खेलकुद

पाकिस्तानद्वारा क्यानडा ७ विकेटले पराजीत

पाकिस्तानद्वारा क्यानडा ७ विकेटले पराजीत

नेपाल । अमेरिकामा जारी टी-२० विश्व कप क्रिकेटमा मंगलबारको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजीत गरेको छ । पाकिस्तानले तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको थियो । अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट एकेडेमीमा भएको खेलमा पाकिस्तानले क्यानाडाविरुद्ध १ सय ७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी रहँदा नै पूरा गरेको थियो । टस हारेर ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । प्रतियोगिता अन्तरगत बुधबार राति भारत र अमेरिकाबीच एकआपसमा भिड्ने छन् ।...
नेपाल र श्रीलंकाबीचको खेल रद्द, नेपाली टिम बाँकी दुई खेल खेल्न वेस्ट इन्डिज प्रस्थान गर्दै

नेपाल र श्रीलंकाबीचको खेल रद्द, नेपाली टिम बाँकी दुई खेल खेल्न वेस्ट इन्डिज प्रस्थान गर्दै

अमेरिका । अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा आज हुने भनिएको आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । वर्षाका कारण खेल रद्द भएको हो । खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन् । यसअघि नेपाल नेदरल्याण्डसँग पराजीत भएको थियो भने श्रीलंकाले दुई खेल हारेको थियो । आजको खेल हेर्न हजार नेपालीहरु झण्डा र नेपाली क्रिकेट टिमको जर्सीसहित मैदानमा उपस्थित भएका थिए । यो नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो । अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप क्रिकेट जारी छ । नेपाली टोली भोलि वेस्ट इन्डिज प्रस्थान गर्नेछ । नेपालले क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ । ...
नेपाली क्रिकेटको विकासका लागि सीजी फुड्सको ६० लाख सहयोग

नेपाली क्रिकेटको विकासका लागि सीजी फुड्सको ६० लाख सहयोग

नेपाल । सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टोली तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । नेपालले सन् २०२७ को आईसीसी यू–१९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । सोही विश्वकपलाई मध्यनजर गरी सीजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ । पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । ...
टी-२० विश्वकपमा दक्षिण अफ्रिकाद्वारा बंगलादेश ४ रनले पराजीत

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाद्वारा बंगलादेश ४ रनले पराजीत

अमेरिका । दक्षिण अफ्रिकाले टी–ट्वान्टी विश्वकप २०२४ मा सोमबार बंगलादेशमाथि चार रनको जित निकालेको छ । जितसँगै दक्षिण अफ्रिका सुपर–एट चरणको नजिक पुगेको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले छ विकेटमा १ सय १३ रन मात्र बनाउन सकेको थियो । कमजोर सुरुआत लिएको दक्षिण अफ्रिकाका लागि ‘प्लेयर अफ द म्याच’ क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । जवाफमा बंगलादेशले सात विकेटमा १ सय ९ रन मात्र बनाउन सक्यो । यो नतिजापछि दक्षिण अफ्रिकाको तीन खेलबाट छ अंक भएको छ । बंगलादेश भने दुई अंकमै सीमित रह्यो ।...
टी-२० विश्वकपको वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप सहभागी हुने

टी-२० विश्वकपको वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप सहभागी हुने

नेपाल । अमेरिकी दूतावासले भिसा नदिएका कारण अमेरिमा भएको खेल खेल्नबाट बञ्चित भएका क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपको वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा सम्पन्न टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो । उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका छन् । प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानको भनाई छ । आइसीसीसँग...
भारतले पाकिस्तानलाई ६ रनले हरायो, स्कटल्याण्डद्वारा ओमान ७ विकेटले पराजीत

भारतले पाकिस्तानलाई ६ रनले हरायो, स्कटल्याण्डद्वारा ओमान ७ विकेटले पराजीत

नेपाल । टी–२० विश्वकप अन्तरगत भारत र पाकिस्तानबीच आइतबार राति भएको खेलमा भारत ६ रनले बिजयी भएको छ । १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका मोहम्मद रिजवानले ३१ रन बनाएका थिए । बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले १० रन बनाए । भारतका लागि जस्प्रित बुमराहले ३, हार्दिक पान्ड्याले २ विकेट र अक्षर पटेलले १ विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा ११९ रनमा मात्रै बनाउन सकेको थियो । भारतका विकेटकिपर ऋषभ पन्तले ४२, रोहित शर्माले १३, विराट कोहलीले ४, अक्षर पटेलले २०, सूर्यकुमार यादव र हार्दिक पान्ड्याले ७–७ रन बनाएका थिए । पाकिस्तानका नसिम साहले ३, हरिस रौफले ३ र मोहम्मद आमिरले २ विकेट लिएका थिए । आइतबार राति नै भएको विश्वकपको अर...
विश्वकप क्रिकेटमा वेस्ट इन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया र बंगलादेश विजयी

विश्वकप क्रिकेटमा वेस्ट इन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया र बंगलादेश विजयी

नेपाल । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आइतबार बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । त्यसैगरी आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्समाथि कठिन जित निकालेको छ । दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो । १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८दशलमव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । यसैबीच, अष्ट्रेलियाले आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो...
टी-२० विश्वकपमा क्यानडा र अफगानिस्तान विजयी

टी-२० विश्वकपमा क्यानडा र अफगानिस्तान विजयी

अमेरिका । आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको छ । क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटिउको हो । यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । समूह एमा अमेरिका ४ अंकका साथ पहिलो स्थानमा छ भने भारत र क्यानडा दुई–दुई अंक जोड्दै तेस्रो र चौथो स्थानमा छन् । यता, अफगानिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डमाथि ८४ रनको सानदार जित हात पारेको छ । १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भयो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । समूह सी मा अफगानिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई हराएको थियो । वेष्टइण्डिज १ खेलमा ...
विश्वकप छनोटमा नेपाल युएईसँग पराजित

विश्वकप छनोटमा नेपाल युएईसँग पराजित

नेपाल । बिहीबार राति सम्पन्न फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ । साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २–२ गोल गर्‍यो । नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४–० ले नै पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ ।...
विश्वकप क्रिकेटमा अमेरिका, अस्ट्रेलिया, युगान्डा र स्कटल्यान्ड विजयी

विश्वकप क्रिकेटमा अमेरिका, अस्ट्रेलिया, युगान्डा र स्कटल्यान्ड विजयी

नेपाल । अमेरिकामा जारी टी२० विश्वकपमा बिहीबारको खेलमा युगान्डाले पपुगा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । जितका लागि ७८ रनको लक्ष्यलाई युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर प्राप्त गरेको थियो । यस्तै अर्को खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको छ । ओमानको यो लगातार दोस्रो हार हो । जितका लागि १ सय ६५ रनको लक्ष्य पाएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो । यता, घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानमाथि सुपर ओभरमा जित हात पारेको छ । समूह ए मा लगातार दोस्रो जितका साथ अमेरिकाले सुपर–८ को सम्भावना मजबुत बनाएको छ । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको हो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पर्दथ्यो । सौरभ नेत्रवालकरले १३ रन खर्चिद...