३० भाद्र २०८१, आईतवार

सनराइज हैदराबादद्वारा पञ्जाब किङ्ग्स २ रनले पराजीत

कोलोराडोखबर संवाददाता , April 10th, 2024

नेपाल । भारतमा जारी आईपीएलमा मंगलबारको खेलमा सनराइज हैदराबादले पञ्जाब किंग्सलाई २ रनले जितेको छ ।

१८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

पाँच–पाँच खेल खेलेका हैदराबाद र पञ्जाब पाँचौं र छैटौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्