१४ कार्तिक २०८२, शुक्रबार

खेलकुद

नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुग्न सफल

नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुग्न सफल

नेपाल । नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुग्न सफल भएको छ । शुक्रबार साँझ तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।...
एनआरएनएले नेपाल भलिबल संघलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग

एनआरएनएले नेपाल भलिबल संघलाई ८ लाख रुपैयाँ आर्थिक सहयोग

नेपाल । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषद (एनआरएनए) ले नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ । संघको काठमाण्डौं बालुवाटारस्थित मुख्यालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार आयोजना गरेको कार्यक्रमबीच संघका अध्यक्ष डा. बद्री केसीले भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबल संघलाई गैरआवासीय नेपाली संघले ८ लाख रुपैयाँ सहयोग गरेको हो । कार्यक्रममा भलिबल संघका अध्यक्ष चन्दले एनआरएनएको सहयोगले भलिबल खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अध्यक्ष डा. केसीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गरेको स्मरण गर्दै नेपालको खेलकुदको विकासका लागि आफूहरुले सधैं सहयोग गर्ने बताए । यसअघि संघले नेपाल क्र...
उपाधि जित्ने खेलाडीहरुलाई मकवानपुरको बकैया ५ नम्बर वडाको सम्मान

उपाधि जित्ने खेलाडीहरुलाई मकवानपुरको बकैया ५ नम्बर वडाको सम्मान

नेपाल (मकवानपुर) । मकवानपुरको बकैया गाउँपालिकामा आयोजित पाँचौं बकैया कप फुटबल प्रतियोगितामा उपाधि चुम्न सफल खेलाडीहरुलाई सम्मान गरिएको छ । फुटबल प्रतियोगितामा बकैया ५ नम्बर वडाले विजय प्राप्त गरेकोप्रति हौसला तथा प्रोत्साहनका लागि खादा ओढाएर सम्मानपत्र वितरण गर्दै सम्मान गरिएको बकैया ५ नम्बर वडा कार्यालयका सहायक सचिव देवराज लामिछानेले जानकारी दिए । सम्मान कार्यक्रममा बकैया ५ नम्बर वडाका अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षता तथा बकैया खेलकुद विकास समितिका सदस्य सुनील दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बकैया ५ नम्बर वडा सदस्य अमृत थिङ्, बकैया खेलकुद विकास समिति सदस्य सिताराम स्याङ्तान, ५ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष विनोद वाइवा, प्रभात माविका प्रधानाध्यापक दिपेश देवकोटा, एन्फा रेफ्री अनिल विक, प्रतियोगितामा टिम म्यानेजर रहेको बकैया ५ नम्बर वडा खेलकुद विकास समिति सदस...
क्रिकेटर सन्दीप लामिछाने निलम्बित

क्रिकेटर सन्दीप लामिछाने निलम्बित

नेपाल । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको छ । बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि उनलाई निलम्बन गरिएको हो । यसअघि नै बलात्कार सम्बन्धी मुद्दामा दोषी ठहर भएका उनलाई जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको जेल सजाय सुनाएको थियो ।
क्रिकेटर लामिछानेलाई ८ वर्ष जेल सजायको फैसला, ‘उच्च अदालत जाने’

क्रिकेटर लामिछानेलाई ८ वर्ष जेल सजायको फैसला, ‘उच्च अदालत जाने’

नेपाल । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष सजाय तोकेको छ । अदालतले बुधबार लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने बुझिएको छ ।...
महिला फुटवलका लागि नगरपालिकाको सहयोग रहन्छः मेयर काफ्ले

महिला फुटवलका लागि नगरपालिकाको सहयोग रहन्छः मेयर काफ्ले

नेपाल (रौतहट) । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र माध्यमिक रैयाटोलमा अध्ययनरत बालबालिकाहरुलाई खेल मार्फत शसक्त बनाउन तथा अनुशासित बनाउनका लागि एन्फा र रौतहट फुटबल संघको सहयोग तथा महेन्द्र माबि रैयाटोलका प्रअ कमला थापा र अध्यक्ष संजिब कुश्वारको पहल र हात्तीदमार युवा क्लबको समन्वयमा भएको एक हप्ते प्रशिक्षण बुधबार समापन भएको छ । यस क्षेत्रका बालबालिकालाई फुटवलको खेलको माध्यमबाट अगाडि बढाउने उद्देश्यले शुरु गरिएको प्रशिक्षणले निरन्तरता पाउने पनि निश्चित भएको छ । नगर प्रमुख संजय काफ्लेले यस क्षेत्रको महिला फुटवललाई अगाडि बढाउनका लागि नगरपालिका सदैव तयार रहेको बताएका हुन् । उनले नगरपालिकाले खेलकुदमा गरेको लगानीले भविष्यमा नगरपालिकाको सान बढ्ने भएको महिला फुटवलका लागि नगरपालिका सदैव अगाडि बढ्ने बताए । साथै रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले समेत सो अवसरमा प्रतिबद्...
अति विपन्न बालबालिकाहरुको लागि एन्फा फुटवल क्लिनिक सञ्चालन

अति विपन्न बालबालिकाहरुको लागि एन्फा फुटवल क्लिनिक सञ्चालन

नेपाल (रौतहट) । रौतहटमा अति विपन्न बालबालिकाहरुको लागि एन्फा फुटवल क्लिनिकको चन्द्रपुर नगरपालिका वडा नं २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ । बालबालिकाकहरुलाई खेल मार्फत शसक्त बनाउनका लागि एएफसी ड्रिम एसिया फाउन्डेसन र एएफसी सिएसआर समितिको कार्यक्रम अन्तर्गत बालबालिकाको क्षमता वृद्धि र कल्याणका लागि एन्फाले यस क्षेत्रमा समेत फुटवलमा लगानीको वातावरण श्रृजना गरेको छ । कार्यक्रमको अध्यक्षता रौतहट फुुटवल संघका अध्यक्ष भगवान दर्लामीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल फुुटवल संघका केन्द्रिय अध्यक्ष दावा लामा रहनु भएको थियो । त्यस्तै भने विशिष्ट अतिथि मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की, हेड अफ ग्रासरुट पंकज शाही, रौतहट फुटवल संघका कोषाध्यक्ष सुवोध गिरी, विद्यालयका प्रधानँध्यापक कमला थापा, विद्यालय व्यवस्थापन समित...
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप दोषी ठहर

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप दोषी ठहर

नेपाल । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि शुक्रबार साँझ दोषी ठहर गरेको हो । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।...
पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

नेपाल । पोर्चुगलका लागि सनिल नेपाल राजदुत नियुक्त हुने पक्का भएको छ । प्रस्तावित राजदूत नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । संसदीय सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो । त्यहाँ २१ हजार नेपाली रहेको औपचारिक तथ्यांक छ । नेपालले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने बताए । साथै उनले चर्चित फुटबल खेलाडी रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिवद्धता जनाए ।...
नेपाल सुपर लिगमा धनगढी र ललितपुर बराबरी, झापाद्वारा पोखरा पराजीत

नेपाल सुपर लिगमा धनगढी र ललितपुर बराबरी, झापाद्वारा पोखरा पराजीत

नेपाल । नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत शनिबारको खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै झापा एफसीले पोखरा थन्डर्सलाई पराजीत गर्दै १ अंक हासिल गरेको छ । इन्जुरी समयको आठौं मिनेटमा झापाको तर्फबाट गोल एकमात्र गोल भएको थियो । गोलरहित बराबरीसँगै धनगढी र ललितपुरले भने दुआफ्नो अपराजित यात्रा भने कायम राखेका हुन् । धनगढीको तीन खेलमा सात अंक रहँदा ललितपुरको समान तीन खेलमा पाँच अंक रहेको छ । पोखरा जितपछि ३ खेलमा ५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । झापाको भने यो पहिलो अंक हो ।...