२३ बैशाख २०८१, आईतवार

राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो

कोलोराडोखबर संवाददाता , April 23rd, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबारको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ ।

१ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

आईपीएलमा मंगलबार चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्