नेपाली क्रिकेट टिमद्वारा दुबै अभ्यास खेलमा अमेरिकाको ह्युस्टन हरिकेन्स पराजीत
टेक्सस (अमेरिका) । टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले ह्युस्टन हरिकेन्सलाई दोस्रो अभ्यास खेलमा पनि पराजीत गरेको छ । शनिबार आयोजित दोस्रो खेल जितेसँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ ।
ह्यूस्टन हुरीकेन्स अमेरिकाको माइनर लिग फ्रान्चाइज टिम हो ।
१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६–१६ रनमा आउट भए ।
नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एकरएक विकेट लिए ।
त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० ...


