२३ बैशाख २०८१, आईतवार

लखनउ सुपर जायन्ट्सद्वारा चेन्नई सुपर किंग्स ६ विकेटले पराजित

कोलोराडोखबर संवाददाता , April 24th, 2024

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाउँदै २१३ रन बनाएर विजयी भएको हो ।

टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्