२३ बैशाख २०८१, आईतवार

दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ४ रनको पराजीत

कोलोराडोखबर संवाददाता , April 25th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनको पराजीत गरेको छ ।

२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

आइपीएलमा बिहीबार सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्