२१ बैशाख २०८१, शुक्रबार

आईपीएलमा लखनउ सुपर जाइन्टद्वारा चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित

कोलोराडोखबर संवाददाता , April 20th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबारको खेलमा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।

यो जितसँगै ८ अंक जोडेको लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नाइ राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ ।

शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्