 
            बागमती गोल्डकप प्रि म्याच कन्फ्रेन्स: मछिन्द्र र एपीएफ दुवै टिमको उपाधी जित्ने दाबी
            नेपाल (नेपाल) । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् ।
बुधबार भएको प्रि म्यान कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि राम्रो तयारी गरेको बताउनुभयो । खेलाडीहरु शारिरिक रुप ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गर्ने गरी उपाधी जित्ने तयारी गरेको उहाँको दाबी छ । फाइनलमा राष्ट्रिय खेलाडी मनिष डांगी खेल्ने चान्स एकदम कम रहेको उहाँले बताउनुभयो । यसअघिका खेलमा पनि डांगी खेलेको थिएन ।
यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफु उपाधी जित्नेमा विश्वस्त र आशावादी भएको बताउनुभयो । सबै टिम जित्नका लागि नै प्रतियोगिता...        
       
    








