४ चैत्र २०८२, बुधबार

खेलकुद

मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले

मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबारको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । मुम्बईको जीतमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले । टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । प्रतियोगितामा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।...
कोलकाता नाइट राइडर्सद्वारा लखनउ सुपर जायन्ट्स ९८ रनले पराजीत

कोलकाता नाइट राइडर्सद्वारा लखनउ सुपर जायन्ट्स ९८ रनले पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजीत गरेको छ । लखनउलाई हराउँदै कोलकाता अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको हो । कोलकाताले प्रस्तुत गरेको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो । जितपछि कोलकाताले ११ खेलबाट १६ अंक हात पारेको छ । नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो । लखनउ १२ अंकसहित पाँचौँ स्थानमा छ।...
नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजीत

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजीत

नेपाल । पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ । वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो । तर सिरिज भने वेस्ट इन्डिज ‘ए’ ले ३–२ ले जितेको छ । पहिलो खेल जितेको नेपालले श्रृंखलाको अन्तिम खेल पनि जितेको छ । वेस्ट इन्डिज ‘ए’ ले भने दोस्रो, तेस्रो र चौथो खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो । ...
नेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

नेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

लण्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल बराबर खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको हो । नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ । अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा क्लबको आफ्नै इबीबी स्टेडियममा हुने उक्त मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरि ३० जनाको टोली अहिले बेलायतमा छ । नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।...
नेपाली क्रिकेट टिम टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार अमेरिका प्रस्थान गर्दै

नेपाली क्रिकेट टिम टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार अमेरिका प्रस्थान गर्दै

नेपाल । नेपाली क्रिकेट टिम टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार अमेरिका प्रस्थान गर्दैछ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टिम त्यसतर्फ जाने भएको हो । नेपाली टिम आइतबार बिहान २ः३० बजे र दिउँसो गरी दुई चरणमा जाने अमेरिका जानेछ । उक्त नेपाली टिमको शुक्रबार एक समारोहकाबीच बिदाइ गरिएको थियो । विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । टी–२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस छन् । क्रिकेट एशोसियशन अफ नेपाल (क्यान) का अनु...
रोयल च्यालेन्जर्स बैंग्लोरद्वाराले गुजरात टाइटन्स ४ विकेटले पराजीत

रोयल च्यालेन्जर्स बैंग्लोरद्वाराले गुजरात टाइटन्स ४ विकेटले पराजीत

नेपाल । भारतमा जारी आईपीएलमा शनिबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गरेको थियो । गएरातिको जितसँगै बैंग्लोरको ८ अंक भएको छ । बैंग्लोरले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंग्लोर अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ । ...
कोलकाता नाइट राइडर्सद्वारा मुम्बई इन्डियन्स २४ रनले पराजित

कोलकाता नाइट राइडर्सद्वारा मुम्बई इन्डियन्स २४ रनले पराजित

नेपाल । भारतमा जारी आईपीएलमा शुक्रबारको खेलमा मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८.५ ओभरमा १४५ रनमा अल आउट भएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो ।
एक खेल बाँकी हुँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी-२० शृंखला

एक खेल बाँकी हुँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी-२० शृंखला

नेपाल । वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी ५ खेलको टी-२० शृंखला अन्तरगत बिहीबार सम्पन्न चौथो खेल २८ रनले जितको छ । पहिलो खेल हारेको वेस्ट इन्डिज एले त्यसपछि लगातार तीन खेल जितेर अन्तिम खेल बाँकी रहँदै शृंखला जित्ने पक्का गरेको हो । वेस्ट इन्डिज एले चौथो खेलमा २१० रनको विशाल लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन जोडेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए । शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।...
सनराईजर्स हैदराबादले राजस्थान रोयल्स १ रनले पराजीत

सनराईजर्स हैदराबादले राजस्थान रोयल्स १ रनले पराजीत

नेपाल । भारतमा जारी आईपीएलमा बिहीबारको खेलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको जीत निकालेको छ । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो । जित पछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ । आईपीएलमा आज मुम्बई इंडियन्स र कोलकता नाईट राइडर्स भिड्ने छन् ।...
नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल बिहीबार हुँदै

नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल बिहीबार हुँदै

नेपाल । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ । जारी शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । बुधबारको तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो । ...