५ जेष्ठ २०८१, शनिबार

नेपाली क्रिकेट टिम टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार अमेरिका प्रस्थान गर्दै

कोलोराडोखबर संवाददाता , May 5th, 2024

नेपाल । नेपाली क्रिकेट टिम टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार अमेरिका प्रस्थान गर्दैछ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टिम त्यसतर्फ जाने भएको हो । नेपाली टिम आइतबार बिहान २ः३० बजे र दिउँसो गरी दुई चरणमा जाने अमेरिका जानेछ ।

उक्त नेपाली टिमको शुक्रबार एक समारोहकाबीच बिदाइ गरिएको थियो ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस छन् ।

क्रिकेट एशोसियशन अफ नेपाल (क्यान) का अनुसार विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्